मेचीनगर, ६ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार दुई जना स्वतन्त्र र १३ जना राजनीतिक दलका उम्मेदवारसहित १५ जनाले मनोनयन पत्र दर्ता गरेका हुन् ।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डे, नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अशेष घिमिरे, राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट हेमराज कार्की, श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को तर्फबाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीका तर्फबाट नरेशकुमार लावती, नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीका तर्फबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीका तर्फबाट रमा मेचे, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट मानबहादुर साँवा लिम्बु र नेपाल सदभावना पार्टीका तर्फबाट ओलिन राजबंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै दुई जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृतका टेकबहादुर श्रेष्ठले मेचीनगर–८ निवासी गणेशप्रसाद खरेलले र अर्का बुद्वशान्ति गाउँपालिका–५ का दुर्गाप्रसाद सावाँ लिम्बुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।



प्रतिकृया दिनुहोस्