राष्ट्रिय सभामा कोशीबाट मेचे र पोर्तेल निर्वाचित

2026-01-26 मा प्रकाशित

झापा,। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्यतर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

मेचे एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् । एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले रोकिएको थियो । तर रोशनी अहिले देशको माथिल्लो सदन ९राष्ट्रिय सभा० को उम्मेदवार बनेकी हुन् ।

झापा मेचीनगर–१२ ९साविक धाइजन–३० मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए । नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुन् ।

यसैगरी राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।

कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । प्रदेश सभाबाट सूर्यमा ६८, तारामा १८ गरी ८७ मत खसेको थियो । त्यस्तै स्थानीय तहबाट सूर्यमा २०१, तारामा ५७ गरी २५८ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु