कांग्रेसले सुदुर पूर्वबाट विजयको विगुल फुक्छ : उम्मेदवार पाण्डे

2026-01-27 मा प्रकाशित

मेचीनगर,१३ माघ । झापा – १ का प्रतिनिधि सभा उम्मेदवार केशवराज पाण्डेले नेपाली कांग्रेस जेन–जी भावना अनुसार रुपान्तरित भएकोले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आम मतदाताहरुले अमूल्य मत दिएर सुदुरपूर्वबाट नेपाली कांग्रेसले विजयीको विगुल फुक्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।


नेपाली कांग्रेसले मंगलबार मेचीनगर ५ मा आयोजना गरेको चुनाव प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले सो कुरा बताएका हुन् ।
‘नेपाली कांग्रेस एउटा विरासत बोकेको पुरानो पार्टी हो, देशमा आएका हरेक संकटमा कांग्रेसले समाधान खोज्यो,’ उनले भने, ‘यतिखेर देश फेरि संकटको घडीमा छ, देशलाई संकटबाट जोगाउन कांग्रेसले निर्वाचन जित्नु पर्छ ।’ उनले जेनजी भावना अनुसार नेपाली कांग्रेसले नीति र नेतृत्व परिवर्तन गरेर नविनतम सोचका साथ निर्वाचनमा होमिएको बताउँदै आफूलाई मन र मत दिएर विजयी गराउन मतदाताहरुलाई आग्रह समेत गरे ।
नेपाली कांग्रेस देशका अभिभावक पार्टी भएको बताउँदै उनले देशको समृद्धि र विकासको लागि नेपाली कांग्रेसलाई बहुमत दिलाउन आग्रह गरे । उनले मतदाताहरुले दिएको मतको उच्च सम्मान गर्दै आँफू मतदाताहरुको शिर निहुरिने काम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाए । उनले कतिपय नेताहरुले पद र शक्तिको दुरुपयोग गरेका कारण देशमा विग्रह आएको बताउँदै अब पार्टीहरु रुपान्तरित भएर अघि बढेकोले अबभने देशले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा कांग्रेसका अग्रज नेता एवम महासमिति सदस्य राम कट्टेलले नेपाली कांग्रेसले सबै खाले गुट अन्त्य गरेर एक ढिक्का भएर निर्वाचनमा होमिएको बताउँदै युवाहरुको ढुक्ढुकी केशवराज पाण्डेलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरे । नेता कट्टेलले सामाजिक क्षेत्रमा पाण्डेल पुर्याएको योगदानको समेत चर्चा गरे । ‘हाम्रो पार्टीमा दुराग्रह र मतभिन्नता छैन,’ उनले भने, जेन–जी युवाले खोजेको उर्जाशील युवा नेपाली कांग्रसले मैदानमा पठाएको छ । निशंकोच मतदान गर्नु होला । उनले गगन थापालाई प्रधानमन्त्री बनाउन पनि केशव पाण्डेलाई मत दिएर विजयी गराउन जरुरी रहेको बताए । सो अवसरमा समानुपातिक उम्मेदवार राधा काकीले समेत रुख चिन्हमा मतदान गरेर आफूलाई विजयी गराउन आग्रह गरिन ।


निर्वाचन परिचालन समितिका संयोजक ईन्द्रबहादुर बुढाथोकीले हालसम्म दुई पटक मात्र नेपाली कांग्रेसले प्रतिनिधि सभामा भाग लिएको बताउँदै नेपाली कांग्रेका उम्मेदवार निर्वाचित भएको समयमा भएका विकास निर्माणको बारे जनतालाई बुझाएर मत माग्न समेत आग्रह गरे । उनले विश्वप्रकाश शर्मालाई ५ वर्षको लागि पठाएको भएपनि जेनजी आन्दोलनको कारण संसद विगठन भएकोले शर्माले पुरा गर्न नसकेको बाँकी अधुरा कामहरु अव केशवराज पाण्डेको काँधमा आएको बताए ।
उनले युवाहरुको भावनालाई बुझन सक्ने सशक्त र जुझारु युवा नेपाली कांग्रेसले उम्मेद्वार बनाएकोले कुनै संकोच नमानी मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु , महाधिवेशन प्रतिनिधि पुष्पराज पौडेल, प्रदेश क सभापति हरि बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।


नेपाली कांग्रेस वडा सभापति नारायण खड्काको सभापतित्व रहको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्र मगरले र सञ्चालन सचिव मणि कुमार आचार्यले गरेका थिए । नेपाली कांग्रेसले  बिहान मेचीनगर ४ बाहुनडाँगीमा र दिउँसो काँकरभिटमा प्रचार कार्यालय उद्घाटन गर्नुका साथै काँकरभिट्टा चुनावी र्याली समेत आयोजना गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु