देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प छैन : उम्मेदवार पाण्डे

2026-02-07 मा प्रकाशित

मेचीनगर । नेपाली कांग्रेसका तर्फबाट झापा १ का उम्मेद्वार केशवराज पाण्डेले देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प नभएको बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदाताको घर दैलो पुगेका पाण्डेले मतदातताहरुको गुनासोलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘कांग्रेस इतिहास बोकेको पुरानो र अभिभावक पार्टी हो । देशमा आइपरेका हरेक संकटमा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ । यस बेला लोकतन्त्र मात्रै होइन देश नै संकटमा छ त्यसैले कांग्रेसलाई नेतृत्वदायी भूमिकाकोलागि रुख चिन्हमा भोट दिएर विजयी गराइदिनु होला’, उनले भने ।
‘कांग्रेसले नेतृत्व सहित नीति परिवर्तन गर्याे,’ उनले भने, ‘अब जनताको मुहारमा खुसी छर्ने छ ।’ उनले शिक्षा स्वास्थ्य र रोजगारी जस्ता महत्वपूर्ण कुराहरुमा कांग्रेसले नीतिगत निर्णयगर्दै कार्यान्वयनमा जोड दिने बताए । ‘मैले यो समाज र भूगोललाई बुझेको छु’, उनले भने, म टाढाको मान्छे होइन, बाँच्दाको जन्ती र मर्दाको मलामी भएर तपाईँहरुको दुख सुखमासँगै छु, त्यसैले मलाई भोट दिएर विजयी गराउनु होस । म तपाईँहरुको विश्वास र भरोषालाई शिरमा राखेर काम गर्ने छु ।’


शनिबार पार्टी प्रतिनिधि र कार्यकर्ताहरुको साथमा मेचीनगर– ९ स्थित लिलाबस्ती, खुट्टीडाँगी र मागुरमाणी क्षेत्र पुगेका उम्मेदवार पाण्डेले मतदाताहरुको गुनासोलाई चाँडै खुसीमा बदल्ने विश्वास दिलाएका थिए । उनले निवर्तमान संघीय सांसद विश्वप्रकाश शर्माको पहलमा आएको बजेट र भएका कामको समेत चर्चा गरेका थिए । यस अघि पाण्डेले भद्रपुर स्थित जय गुरुको मन्दिरमा पुगेर दर्शन गर्नुका साथै केही समय उनी बृहत संत्सघ भजनमा समेत सहभागि बनेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु