गाविस पूर्व अध्यक्ष पौडेलको निधन

2020-11-16 मा प्रकाशित

दमक,१ मंसीर । मोरङको साविक मधुमल्ला गाविसका पूर्व अध्यक्ष काशीनाथ पौडेलको निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा आज दिउँसो काठमाडौको शिक्षण अस्पतालमा निधन भएको हो ।
पारिवार स्रोतका अनुसार जण्डिसका विरामी पौडेललाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियोे । तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौ लगिएको थियोे ।
पछिल्ला समय पौडेल सहकारी क्षेत्रको अगुवाई गरिआएका थिए । उनी दमकका सहकारी संस्थाहरुद्धारा सञ्चालित अन्तरसंस्था बहुद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्ष समेत थिए । नेकपाका पूराना नेता पौडेलको शव भोलि झापाको कन्काई नदीमा दाहसंस्कार गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु