दुर्गा मन्दिरमा आजबाट श्रीमद् देवी भागवत महापुराण सुरु

2026-02-22 मा प्रकाशित

मेचीनगर । मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिरमा आजबाट ९ दिवसीय श्रीमद् देवी भागवत महापुराण सुरु भएको छ
२०३८ सालमा स्थापित सो मन्दिरमा पहिलोपटक बृहत धार्मिक अनुष्ठान आयोजना गरिएको हो । समाजमा धार्मिक जागरण सञ्चाल गर्दै संस्कारमुलक समाज निर्माण गर्न तथा मन्दिर परिसरमा थप केही संरचनाहरु नर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष विष्णुलाल गिरीले जानकारी दिए ।


पुराणको उद्घाटन मेचीनगरपालिकाका निवर्तमान नगरप्रमुख बिमल आचार्यले गरेका थिए । प्रमुख अतिथि आचार्यले यस किसिमको धार्मिक अनुष्ठानले समाजलाई सहि मार्गमा डोर्याउने बताए । पछिल्लो समय मानिसले अनुशासन र मर्यादा भूल्दै गएकोले समाज गलतबाटोबाट अघि बढ्को भन्दै उनले चिन्ता समेत ब्यक्त गरे ।
कार्यक्रममा व्यासाचार्य पंं.शंकर अधिकारी, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज भट्टराई लगायतले बोलेका थिए । मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष विष्णुलाल गिरीको सभापतित्वमा अयोजित उद्घाटन कार्यक्रमको सञ्चालन मन्दिर समितिका उपाध्यक्ष राजन कुमार गिरीले गरेका थिए ।
पुराण उद्द्धाटन पूर्व बिभिन्न झाँकी सहित कलश शोभायात्रा निकालिएको थियो । पुराण स्थलबाट सुरु भएको कलश यात्रा घैलाडुब्बा शिवालय मन्दिर हुँदै पातालगंगा पुगेर घडामा जल भरेर पुनः पुराण स्थल पुगेको थियो
व्यासाचार्य पं शंकर अधिकारीको प्रमुख बाचकत्व तथा पंंं.मेघराज भट्टराईको उपबाचकत्वमा संगीतमय कथा प्रवचन सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु