कन्भेन्टमा विज्ञान प्रदर्शनी, आफ्ना नानीहरुको प्रतिभा देखेर अभिभावक दंग

2026-02-23 मा प्रकाशित

धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस स्कूल परिसर सोमबार बेहुली झैं सिँगारिएको थियो । सँधै विद्यार्थी खेल्ने चौर, पण्डाल र तोरनले सजिएको थियो । आकर्षक पण्डालमा बिभिन्न स्टल निर्माण गरेर विद्यार्थीहरुद्वारा निर्मित बिभिन्न आकर्शक सीप एवम विज्ञानका सामग्री प्रदर्शनीमा राखिएको थियो । देख्दा यस्तो लाग्थ्यो विद्यालय परिसरमा कुनै मिनी मेला चलिरहेको छ ।
स्टलमा सजिएका आकर्शक सामग्री नियाल्ने विद्यार्थी एवम् अभिभावकहरुको उपस्थिति बाक्लै देखिन्थ्योे । सामग्री नियाल्न पुगेका अभिभावकहरुलाई विद्यार्थीहरुले ति सामाग्रीहरुको महत्वको बारेमा दर्शाइरहेका थिए । अभिभावकहरु समेत आफ्ना नानीहरुको प्रतिभा देखेर दंग थिए ।


विद्यालयले पहिलोपटक विज्ञान प्रदर्शर्नी आयोजना गरेको थियो । विद्यार्थीहरुले ड्रोन, पोलुसन नियन्त्रक उपकरण, सोलार सिस्टम र रेन डी टेक्टरी, अन्तरिक्ष लगायत बिभिन्न सामाग्री निर्माण गरेर प्रदर्शनीमा राखेका थिए ।
विद्यालयकी अभिभावक सन्तोष अग्रवालले आफ्नो दुई जना नानीहरु यस विद्यालयमा पढ्ने गरेको बताउँदै छोरी भावना र छोरा केवल अग्रवालले समेत सोलार सिस्टम र रेन डी टेक्टर बनाएर सफल प्रदर्शन गरेको भन्दै खुशी ब्यक्त गरिन । उनले विद्यालयले यस किसिमको कार्यक्रम समय समयमा आयोजना गर्न आग्रह समेत गरिन् ।
प्रदर्शनी नियाल्दै गरेका अर्का अभिावक नारायण कँडरियाले समेत कार्यक्रमको प्रशंसा गरे । विज्ञानको यस युगमा नानीहरुलाई प्रविधिसँग जोड्ने अभियानले उनीहरुलाई हौसला मिल्नुका साथै उनीहरुको अन्तरनिहित क्षमताको विकास हुने बताउँदै उनले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।


विद्यालयउका प्रिन्सिपल विक्रम क्षेत्रीले पहिलो पटक विद्यालयले फरक किसिमको कार्यक्रम आयोजना गरेको बताए । उनले भने, ‘हामी विद्यार्थीको क्षमता र प्रतिभालाई उजागर गर्दै पढाइका अतिरिक्त हरेक विद्यामा उनीहरुलाई सक्षम र सवल बनाउने अभियानमा छौं ।’ उनले आगामी दिनमा समेत यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।   विद्यार्थीमा लुकेर बसेको कला र प्रतिभा उजागर गर्न यस कार्यक्रमले हौसला प्रदान गरेको उनको भनाइ थियो ।
प्याब्सन मेचीनगर अध्यक्ष समेत रहेका प्रिन्सिपल  क्षेत्रीले प्याब्सन मेचीनगर अन्तर्गतरहेका सबै विद्यालयहरुले विद्यार्थीहरुको क्षमता विकासकोलगि बिभिन्न अतिरिक्त कार्यक्रम गरिरहेको समेत जानकारी दिए ।
सो अवसरमा, प्याब्सन मेचीनगर उपाध्यक्ष सुरेन्द्र न्यौपाने, कोषाध्यक्ष समिक्षा पौडेल , सदस्य अमोल उपाध्याय, कमल नेपाल, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, साहयक प्रधानाध्यापक तेजप्रसाद चौलागाँई, शिक्षक अमिर भण्डारी लगायत को आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु