मेचीनगरमा आज बालेन आउँदै

2026-03-01 मा प्रकाशित

मेचीनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज आइतबार मेचीनगर आउने भएका छन्। चुनावी प्रचार अभियान अन्तर्गत आज १० बजे विहान मेचीनगर स्थित काँकडभिट्टा आउने भएका हुन ।
रास्वपाका जिल्ला सहसचिव भीम कुँवरका अनुसार बालेनको आगमनले झापा क्षेत्र नम्बर- १ मा पार्टीका चुनावी गतिविधि थप सक्रिय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। उनले स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र दृष्टिकोणबारे जानकारी दिने कार्यक्रम रहेको बताइएको छ।
कार्यक्रमअनुसार बालेनले झापा–१ अन्तर्गत काँकरभिट्टा, इट्टाभट्टा, धुलाबारी र चारआलीमा रोड सो गर्नेछन्। साथै झापा क्षेत्र नम्बर २, ३ र ४ मा पनि जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
झापाका चारवटै क्षेत्रमा हुने भेटघाट र रोड सो कार्यक्रमले चुनावी माहोल थप तातिने विश्वास गरिएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक तयारी तथा समन्वय मिलाइएको जिल्ला सहसचिव कुँवरले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु