राजनीतक र सामाजिक क्षेत्रमा सक्रिय नाम हो केशवराज । मेचीनगर – ७ इटाभट्टा निवासी ५२ वर्षीय केशवराज पाण्डेको राजनीतिक यात्रा क्याम्पस जीवनबाटै सुरु भयो । २०४९ सालमा स्वबियु सभापति भएर विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेका पाण्डे त्यसपछि सामाजिक र राजनीतिक क्षेत्रमा थप सक्रिय बने । त्यस्तै धार्मिक क्षेत्रमा समेत उनको योगदान प्रशंसनीय छ । राजनीति भन्दा माथि उठेर समाज रुपान्तरणमा उनले खेलेको भूमिकाले आज हरेक युवाहरुको भरोसा जितेका छन् ।
नेपाली काँग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला उपसभापति बनेका पाण्डे त्यसपछि पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी समेत सम्हालेर एक कुशल संगठकको रुपमा पार्टीमा राम्रो छवि बनाइसकेका नेता हुन् ।
साविक सतिघट्टा गाविस वडानम्बर ८ मा २०२९ सालमा बुबा सत्यनारयण र आमा निरा कुमारीको सुपुत्रको रुपमा जन्मिएका केशवराज बाल्यकालदेखिनै सहयोगि भावका थिए । आजपनि उनी सबैको प्रिय छन् ।
राजनीतिको खोल ओढेर भ्रष्टचार गर्नेहरु धेरैलाई गत भदौ २४ गते जेनजी आन्दोलनले बडार्याे तर पाण्डे त्यसवेला पनि सामाजिक र राजनीतिक क्षेत्रमा जुटिरहे उनलाई जेनजी आन्दोलनले समेत खासै छोएन । यसबाट समेत पुष्टि हुन्छ उनी समाजको भरोसा हुन् । निस्कंलङकित एक सक्रिय युवा नेता हुन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेले त्यसबेला जनताको मन जितेपनि मत जित्न सकेनन् । उनी फेरिपनि युवाहरुको ढुक्ढुकी बनेर निरन्तर सामाजिक र राजनीतिमा सक्रिय रहे । जेनजी आन्दोलनपछि राजनीतिक क्षेत्रमा एउटा तरङ्ग उत्पन्न भएको छ । जेनजी मुमेन्टले युवा नेतृत्व खोजेपछि जनभावना अनुसार नेपाली कांग्रेस रुपान्तरित भएको छ । हालै सम्पन्न विशेष महाधिअवेशनले नीति, नेतृत्व तथा सबै खाले गुट अन्त्य गर्दै नेपाली कांग्रेस एक टिक्का भएर निर्वाचनमा होमिएको छ ।
बदलिएको कांग्रेसले जनभावना अनुसार झापा १ मा यीनै लोकप्रिय नेता केशवराज पाण्डेलाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको छ । ‘जेनजी मुमेन्टले खोजेजस्तो उर्जाशील युवा नेतृत्व झापा १ ले पाएको छ । समाज रुपान्तरण र परिवर्तनका सम्बाहक पाण्डेलाई नीतिनिर्माण तहमा पठाएर समृद्धिको खाका कोर्न झापा १ का मतदाता उत्साहित देखिएको कांग्रेस नेता दुर्गा प्रसाद सापकोटाले बताए ।
हरेक निर्वाचनमा अल्पमतमा परेको मेचीनगरको मुटु इटाभट्टले यसपटक इतिहास रच्ने अवसर प्राप्त गरेको उनको भनाइ छ । उम्मेदवार पाण्डेले समेत यसपटक कांग्रेसले झापाको सुदुर पर्वबाट विजयको विगुल फुक्ने उद्घोष गरेका छन् ।

प्रतिकृया दिनुहोस्