बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा हरिभक्त

2026-05-15 मा प्रकाशित

झापा । बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापाको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
कनकाई स्थित घृतकौशिक भवनमा आयोजित अधिवेशनले अध्यक्षमा हरिभक्त बराललाई सर्वसम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष त्रयमा बासुदेव बराल, भोला बराल, रोहिणी बराल, महासचिवमाम चैतन्य बराल, सचिवमा टंक बराल र कोषाध्यमा टिका बराल, सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा झग बराल, धर्म बराल, धनश्याम बराल, र उमनाथ बराल सर्वसम्मत चयन भएका छन् ।
बराल वंश प्रतिष्ठान जिल्ला अध्यक्ष यामनाथ बरालको सभापतित्व तथा , पूर्व क्षेत्र बराल वंश प्रतिष्ठानका अध्यक्ष धनपति बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष धर्मप्रसाद बराल, सुरेन्द्र बराल, रोहित बराल, सह सचिव सोमनाथ बराल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कृष्ण प्रसाद बरालले गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानले कुल पूजा समेत सम्पन्न गरेको थियो । त्रि दिवसीय कुल पूजामा झापा तथा मोरङ जिल्लाका बराल बन्दुहरु सहभागि भएको समितिका अध्यक्ष यामनाथ बरालले जानकारी दिए । सतितिले सोही दिन माइन्यूट समेत हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु