मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा मेचीनगरका ओम भण्डारी निर्वाचित भएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ३४१ मत प्राप्त गरि भण्डारी झापा सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु शान्ता तामाङले १९८ , लिला खड्काले १११ र देव संग्रौलाले ९३मत पाएका छन् ।
त्यस्तै सचिव पदका लागि विरोध सुवेदी निर्वाचित भएका छन् । सुवेदी ३६८ मत हासिल गरी विजयी हुँदा उनका प्रतिष्पर्धी रविन खड्काले २३५ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा ३५२ मतसहित भिमबहादुर कुँवर निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत ल्याएका छन् ।
त्यस्तै जातीय आधारको सदस्यमा राजनारायण राजवंशी २१२ मत ल्याउँदै विजयी बनेका छन् । उनका प्रतिष्पर्धीहरु सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत ल्याएका छन् । त्यस्तै खुल्ला तथा महिला सदस्यमा डिल्ली न्यौपाने २२९ , शान्तिमाया न्यौपाने २१४ र मुना सापकोटाले ११९ मतसहित जित हासिल गरेका छन् । खुल्ला तथा महिला सदस्यमा ११ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिने अन्यमा नन्दकुमार चुडाल १२८ , पवन गिरी २१५ , प्रेमप्रसाद खरेल २६, नरेन्द्र राई ११६ , नरेन्द्र शिवाकोटी ९३ ,भेषराज ओली ८६, , चेतकुमार खनाल ८० , बालकृष्ण खतिवडा ५७ र दिवाकर मैनाली १८० मत ल्याएका छन् ।
त्यस्तै क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं १ बाट कमल गौतम, २ बाट गोपाल कट्वाल , ३ बाट कमल बानियाँ , ४ बाट लिलामाया बस्नेत र ५ बाट चुणामणि पाठक निर्वाचित भएका छन् ।क्षेत्र नं २ बाट कट्वाल र ४ बाट बस्नेत निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्