मेचीनगर, मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरलाई इलेक्ट्रोनिक जगसहित कफी तथा तातो पानी तयार गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
मन्दिरका संरक्षक तथा समाजसेवी राहुल भारतीले सहयोगस्वरूप प्रदान गर्नुभएको उक्त सामग्री मंगलबार आयोजित एक कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा विद्या विकास एकेडेमीका एकेडेमिक डाइरेक्टर हेमराज कार्कीको विशेष उपस्थिति रहेको थियो।
प्राप्त सामग्रीले मन्दिर व्यवस्थापन समितिका बैठक सञ्चालन गर्न तथा मन्दिरमा आउने भक्तजनलाई कफी र तातो पानी उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।
संरक्षक तथा समाजसेवी राहुल भारतीले यसअघि पनि मन्दिरको विकास, व्यवस्थापन तथा पूर्वाधार सुदृढीकरणका लागि विभिन्न प्रकारका सहयोग गर्दै आउनुभएको छ। उहाँको निरन्तर सहयोगले मन्दिरको सेवा–सुविधा विस्तार र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुगेको स्थानीयवासीले बताएका छन्।

प्रतिकृया दिनुहोस्