नकलबन्दा । मेचीनगर–५ र ६, नकलबन्दामा सामाजिक एकता, आपसी सद्भाव, विकास तथा स्थानीय समुदायको हितका लागि सक्रिय रहँदै आएको नकलबन्दा समाज विकास समितिको आगामी तीन वर्षे कार्यकालका लागि बुधबार नयाँ कार्यसमिति गठन गरिएको छ ।
समितिको नयाँ कार्यसमितिको अध्यक्षमा इन्द्रबहादुर तामाङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ज्योती न्यौपाने खड्का, सचिवमा पशुराम पराजुली, सह–सचिवमा निखिल खड्का तथा कोषाध्यक्षमा मायादेवी खड्का चयन भए ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा कृष्ण देवान, सुमन पाख्रिन, कुमारी तामाङ, प्रविन गेलाल, निलम प्रकाश मैनाली, हिरा सुर्खेती चयन भएका हुन् ।
नवगठित कार्यसमितिले आगामी तीन वर्षको कार्यकालमा नकलबन्दा क्षेत्रको सामाजिक एकता, विकास, समृद्धि र स्थानीय बासिन्दाको हितलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्नेछ ।
नयाँ कार्यसमितिलाई पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै समाजको हित र विकासमा योगदान पुर्याउन स्थानीयवासीले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्