2026-09-24 मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी हुँदा १० घरमा क्षति पुगेको छ। ७ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागी विद्युत् सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।
आगलागीबाट १७ परिवार विस्थापित भएको विवरण पनि सार्वजनिक भएको छ। घटनाको थप क्षति विवरण संकलन भइरहेको छ।


प्रतिकृया दिनुहोस्