झापा । मोरङको नलबारीस्थित बाँसघारीमा जुवा खेलिरहेको चारजना जुवाडे पक्राउ परेका छन् ।
बुधबार साँझ ५ः५० बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ११ नलबारीस्थित बाँसघारीमा जुवा खेलिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बेलबारीबाट प्रहरी टोली खटिएर जुवा खेलिरहेका मोरङ कानेपोखरी २ बस्ने वर्ष ५१ का खमानसिङ लिम्बू , सोही ठाउँ बस्ने बर्ष ५७ का कल्याणबहादुर थापा ,। मोरङ सुन्दरहरैचा १ बस्ने बर्ष ४९ का रामकुमार राई र कानेपोखरी २ बस्ने बर्ष ३८ का नरेश राजवंशीलाई पक्राउ गरेको हो ।
जुवाको खालबाट नगद ४५ हजार ८२५ रुपैयाँ र ११ वटा कौडा बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यायलय, बेलबारीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्