2020-12-21 मा प्रकाशित
काठमाडौं,६ पुस । आइतबार सम्पन्न प्रमुख ३ दलको बैठकले संसद विघटन गर्ने सरकारको कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो ।
३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्