आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन

2021-02-10 मा प्रकाशित

मेचीनगर । इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ एकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो ।समितिको उपसभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मिति गौतम तथा सचिवमा नविन फुयाँल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।त्यस्तै सहसचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित राजवंशी, निशा नेपाल र जस्मीन घिमिरे तथा कोषाध्यक्षमा कौतली राजवंशी, राजेश श्रेष्ठ र लिलि राजवंशी चयन भएका हुन् ।

निसा नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघ झापा जिल्ला सहसचिव सुरज सुवेदी, नेविसंघ झापा जिल्ला सदस्य मोनिका ढुङ्गाना, त्रिदेव नेविसंघ एकाइ सचिव सौरभ बस्नेत लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा नेविसंघ झापा जिल्ला सहसचिव सुवेदी र त्रिदेव नेविसंघका एकाइ उपसभापति अर्जुन गौतमले आआफना धारणा राखेका थिए ।नेविसंघ झापा जिल्ला सदस्य कल्पना थापाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रोशन पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु