डम्बर बराल
मेचीनगर, ११ चैत । मेचीनगर –१४ धाइजनका ५७ वर्षीय गोविन्दप्रसाद भट्टराई यति खेर जीवन र मृत्युको दोसाधमा छन् । उनलाई क्यान्सर रोगले थलापारेको ६ महिना भइसकेको छ ।
८ महिना अघि असार ३० गते घाटी दुखेर उपचारको लागि भद्रपुर अस्पताल पुगेका भट्टराई त्यसवेला छाँगाबाट खसे जव उनलाई डक्टरले घाँटीको क्यान्सर हुन सक्ने बताएको थियो ।
आर्थिक अभावकै कारण उनले तत्काल उपचार गर्न पाएनन् । विमारले चापदै गएपछि उनी असोजमा आसाममा रहेकी छोरीको घर गएका थिए उनले त्यही उपचार गराए र औषधी खान सुरु गरेका थिए । सडकको पेटीमा सानो टहरो बनाएर चिया तथा नास्ता पसल सञ्चालन गरिरहेका भट्टराईको नत आफ्नो घर छ नत कोठेबारीनै उनलाई दुई वर्षदेखि स्थानीय पदम कडरियाले आश्रय दिइरहेका छन् ।
गत शुक्रबार स्वास्थ्यमा थप समस्या भएपछि परिवारले उनलाई पूर्वाञ्चल क्यान्सर अस्पताल पुर्याए त्यहाँ बीमा सहितको एकलाख ८० हजार सकिएपछि अव कसरी उपचार गर्ने भन्ने चिन्ता भट्टराई परिवारमा छ । डाक्टरले १० दिनसम्म नियमित केमु थेरापी गर्न सुझाएपछि उनी यतिखेर थेरापीको लागि पूर्वाञ्चल धाइरहेका छन् ।
हालसम्म उनको उपचारमा ३ लाख ८ हजार खर्च भइसकेको छ । तर कतैबाट पनि उनलाई उपचारमा सहयोग भने हुन सकेको छैन ।
बिहीबार स्थानीय चन्द्रप्रसाद प्रसाईले पदमप्रसादको समस्या सुनाएपछि पत्रकारको एउटा टोली त्यहा पुग्दा आफ्नै विस्तरामा सुतिरहेका गोविन्दले गहँभरी आँसु पार्दै भने पैसा भएको भएत म पनि वाच्ने थिए होला पैसा नभएर समयमा उपचार गराउन पाँइन् ।
मलाई अझै बाँच्ने इच्छा छ उपचारमा सहयोग गरिदिनु होला यति भनेर उनी भक्कानिए । विमारले चाप्दै गएपछि पछिल्लो समय सहनै नसक्नेगरी पोल्न र घोच्न थालेको छ । आँसु पुच्छदै उनले भने पोखरीमै हाम फाल्न मन लाग्छ ।
२ वर्षअघि आसाममा आमा, १ छोरा र १ छोरीको निधन भईसकेको छ । परिवारको शोकले विरक्तिएर नेपाल आएका गोविन्दको जीवन थप कस्टकर बन्न पुग्यो । हाल घरमा रहेका छोरा सीतारामलाई बैदेशीक रोजगारीमा पठाएर पैसा कमाउने अनि घडेरी किनेर घर बनाउने सपना सजाएका थिए उनले ।
पतिको स्वास्थ्य थप जटिल बन्दै गएपछि श्रीमती विमलाले सवैसँग सहयोगको लागि अपिल गरेकी छिन् । पछिल्लो समय मेचीनगरमा क्यान्सरका विरामीहरुको संख्या बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस्