काठमाडौँका दीपक वीएण्डसीमा

2021-05-08 मा प्रकाशित

मेचीनगर, २५ वैशाख । काठमाडौँ लगायत विभिन्न जिल्लाबाट कोरोना संक्रमितहरुलाई उपचारकोलागि झापा स्थित वीएण्डसी अस्पताल ल्याउने क्रमले निरन्तरता पाउन थालेको छ ।
आज पनि काठमाडौँदेखि कोरोना संक्रमितका विरामी उपचारका लागि एयर अल्टिच्युटको हेलिकप्टरबाट वीएण्डसी अस्पताल ल्याईएको छ ।

कोरोना संक्रमित काठमाडौँका ५२ वर्षीय दीपक आङ्देम्वेलाई  उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल ल्याईएको हो ।भेन्टिलेटरसहित आइसियुको अभाव भएपछि काठमाडौँको हेम्स अस्पतालबाट ती विरामीलाई एयर अल्टिच्युटको हेलिकप्टरबाट वीएण्डसी ल्याईएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

यसअघि पनि काठमाडौँ, नेपालगञ्ज, दाङ र विरगञ्जबाट संक्रमित विरामीको उपचारका लागि हेलिकप्टरमार्फत वीएण्डसी अस्पताल ल्याईएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु