मेचीनगर, ७ जेठ । ढुंगा गिटी र बलुवाको बिषयले मेचीनगर नगरपालिका आलोचित बन्दै गएपछि नगर प्रमुख बिमल आचार्यले यस बिषयमा चाँडै वास्तविक कुरा सार्वजनिक गर्नेबताएका छन् ।
शुक्रवार नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको र चाडै वास्तविक कुरा सार्वजनिक गरिने नगरप्रमुख आचार्यले बताए ।पत्रकार सम्वेलनमा नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझासहभागि थिए ।
मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीको उत्खननबाट निस्कने ढुङ्गा, गिटी र वालुवा विक्रीका लागि तीन जना जनप्रतिनिधिलाई जिम्मेवारी ९ठेक्का जस्तै० दिएको थियो ।
तर, ती जनप्रतिनिधिले विक्रीमा मनोमानी र राजस्व दाखिलामा गडबडी गरेको आरोप लागेपछि कार्यपालिकाको गत चैत २० गतेको बैठकले नगरप्रमुख आचार्यको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।
समितिले अर्को उपसमिति समेत बनाएर छानविन गरिरहेको र त्यसको प्रतिवेदन नगरवासीसमक्ष सार्वजनिक गर्ने आचार्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।
उपसमितिको संयोजकमा वडा नं। ११ का अध्यक्ष सन्तोष मेचे रहेका छन् । सदस्यमा वडा नं। १४ र १५ का अध्यक्षहरु शंकर पोखरेल र राजन भट्टराई रहेका छन् । छानविनमा नगरका कानूनी सल्लाहकार पदम डाँगीले सघाउने र आवश्यक कागजात प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
नदीजन्य पदार्थ विक्रीमा भएको मनोमानी र उठेको राजस्व अनियमितता बारेमा छानविन केन्द्रित हुने बताएका नगरप्रमुख आचार्यले नक्कली रसिद नगरपालिकामा बुझाइएको भन्ने विषयमा समेत वास्तविकता बाहिर ल्याइने जानकारी दिएका छन् ।
उनले छानविनको दायरामा को को परेका छन् भन्ने बारेमा भने बताउन चाहेनन् । ‘जो जो संलग्न छन्, सबैका बारेमा छानविन गरिने’ उनले बताए ।
राजस्व हिनामिना गर्नका लागि नक्कली रसिद बुझाइएको विषयमा ठेक्का जस्तै गरी जिम्मेवारी दिने तीन जना जनप्रतिनिधिसहित नगरपालिकाको जिन्सी र अन्य शाखा समेत छानविनमा तानिन सक्ने उनको सङ्केत थियो ।
केही दिनपछि प्रतिवेदन आउने र त्यसमा छानविन पूर्ण भएको रहेनछ भने यो विषयलाई माथिल्लो निकाय ९अख्तियार रु०मा पठाइने समेत उनले बताए ।
पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले आफु कुनै पनि अनियमितताको घटनामा संलग्न नरहेको दावी गर्दै ढुंगा बालुवा काण्डमा आफ्नो नाम समेत मुछेर कतिपय मिडिया र सामाजिक सञ्जालमा समाचार आउने गरेकोमा आपत्ति जनाए । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओझाले पत्रकारहरुले सोधेका केही प्रश्नको जवाफ दिएका थिए ।उनले अरु पालिकाको तुलनामा मेचीनगरमा कोभिड–१९ को उपचारका लागि राम्रो व्यवस्थापन गरिए तापनि प्रचार नभएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्