बिर्तामोड, १९ जेठ । नेकपा एमालेले विर्तामोड नगर कमिटीले बुधबार बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले सो सिलिण्डर बिर्तामोडका मेयर ध्रुब शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् । नेकपा एमाले बिर्तामोडका सचिव सुवास भट्टराईले अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश अध्यक्ष घिमिरेले महामारीमा पार्टीले गरेको कामको प्रशंसा गरेका छन् । उनले यस्तो समयमा सानो सहयोग पनि कोभिड संक्रमितका लागि महत्वपूर्ण हुने बताए । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा अक्सिजन सहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग संकलन अभियान नै चलाएर १५ लाख रकम संकलन गरेको थियो ।
सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी ६ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिसिलिण्डर १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उनले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए ।
बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएकोे छ ।
प्रतिकृया दिनुहोस्