नेपालमा २२६कोरोना संक्रमित थपिए संक्रमितको संख्या१७९८ पुग्यो,

2020-06-01 मा प्रकाशित

काठमाडौं,१९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज थप जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा २ हजा र ३ सय १० वटा नमुना परीक्षण गरिएको बताए ।

मन्त्रालयका अनुसार १ लाख ३३ हजार ९ सय ३३ जना आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेका छन् । आज १ हजार ५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।कोरोना निको हुनेको संख्या २ सय २१ पुगेको छ । जसमा ४१ जना महिला र १ सय ८० जना पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु