काँकरभिट्टामा ३ महिने प्लम्विङ तालिम सरु

2022-03-15 मा प्रकाशित

काँकरभिट्टा,१ चैत । सिप सिकाई युवाहरुलाई आत्मनिर्भ बनाउने उद्देश्यले काँकरभिटट्टामा ३ महिने प्लम्विङ तालिम मंगलबारदेखि सुरु भएको छ ।
काँकरभिटट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरको संयुक्त आयोजना रहेको तालिमको उद्घाटन् मेचीनगर नगरपालिका नगर प्रमुख बिमल आचार्यले गरेका थिए  ।
कार्यक्रम उद्घाटन् पछि प्रमुख अतिथि नगरप्रमुख आचार्यले युवाहरुको विदेश पलायनलाई रोक्न उनीहरुको क्षमता विकासमा ध्यान दिनु पर्ने बताए । जव हरेक व्यक्तिको क्षमता विकास हुन्छ नगर प्रमुख आचार्यले भने,‘ युवा जनशक्तिलाई सिप सिकाएर आत्मनिर्भर बनाउन सके देशमै रोजगार सिर्जना हुन्छ ।’
कार्यक्रमका विशेष अतिथि व्यवसायिक तथा सिप विकास तालिम केन्द्रका निमित्त प्रमुख रमेश कोइरालाले युवाहरुलाई आत्मनिर्भर बनाउन तालिम सहयोगि हुने बताए ।
सिप विकास तालिम केन्द्रले विभिन्न क्षेत्रसँग समन्वय गरेर तालिम प्रदान गर्दै आएको र सिकेको सिपलाई व्यवहारमा लागु गर्नेगरी ध्यान दिएर तालिममा सहभागि हुन अनुरोध समेत गरे ।
प्लम्विङको राम्रो भविश्य छ,‘ विशेष अतिथि कोइरालाले तालिममा सहभागिहरुलाई लक्षित गर्दे भने ‘सिप सिकेपछि पैसाको दुःख हुँदैन तपाईहरु यसैबाट आत्मनिर्धर बन्नसक्नु हुन्छ ।’
काँकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्वमा सम्पन्न उद्घाटन् कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाकार संयोजक हर्क बहादुर फियाक लगायतले बोलेका थिए ।
कार्यक्रममा मेचीनगर –५ का वडाध्यक्ष योगेन्द्र थापा, मेचीनगर –७ का कार्यबहाक वडाध्यक्ष नेत्र दाहाल, खानेपानी समितिका सल्लाकार सदस्य विकास थापा, धनप्रसाद केरुङ, कल्पना ओली, समितिकी कोषाध्यक्ष मीना कटुवालल, गायतको आतिथ्यता रहेको थियो ।
तलिममा सहभागिहरुलाई प्रशिक्षक फागुराम धिमालले तालिम प्रदान गर्ने भएका छन् ।
तलिममा मेचीनगर क्षत्रका ३ जना महिला र १४ जना पुरुष गरी जम्मा १७ जना युवा– युवतीहरुले सहभागिता जनाएका छन् ।
उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिपजङ सुब्बाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु