एनएमसी डेरीको वार्षिक उत्सवमा पुस्तक विमोचन

2022-04-15 मा प्रकाशित

एनएमसी डरीको सातौ वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । डेरी व्यवसायको सभाहलमा आयोगित वार्षिक  उत्सवको  उद्घाटन् १ नम्बर प्रदेश सरकार सहकारी राजिष्ट्रार कार्यालयका सहकारी विभाग प्रमुख हरिबहादुर खत्रीले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथ समेत रहनु भएका खत्रीले सहकारीको नाम र साईनबोर्ड झुन्ड््याउन पाए भने मात्र त्यसका सञ्चालकहरुले सहकारीलाई पैसा छाप्ने मेसिनका रुपमा बुझ्ने र धेरै सञ्चालकहरु यसकै पनि लागेको गरेको प्रष्ट पार्नुभयो ।

सहकारी सञ्चालनका लागि प्राप्त गरेको लाइसेन्सलाई धेरैले पैसा छाप्ने मेसिन वा पैसा फल्ने बोटका रुपमा समेत बुझेको उहाँले टिप्पणी गर्नुभयो । सहकारी संस्थालाई पैसा किन्ने र बेच्ने व्यवसायकारुपमा मात्र हेर्न नहुने भन्दैं खत्रीले अन्य व्यवसाय र उद्घमसँग जोड्नुपर्ने बताउनुभयो । सहकारीहरुले पैसा बेच्ने र पैसा किन्ने मात्र गरीरहेको अवस्थामा एनएमसीले जुन तरिकाले सहकारीसँगसँगै कृषिमा हात हालेको छ, त्यो राम्रो पक्ष रहेको भन्दैं प्रशंसा गर्नुभयो ।

उहाँले संस्थाका कर्मचारीहरु सहकारीको प्रमुख मेरुदण्ड र भरपर्दो खम्बा भएको बताउनुभयो । हरेक सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुमा व्यवसायिक इमानदारिता र पारदर्शिता हुन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले हरेक व्यवसायमा विचौलियाहरु हावी रहेको र सहकारीहरुमा पनि हुने भन्दै त्यसलाई हटाउन सहकारीकर्मीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार सहकारीमा विभिन्न किसिमका व्यक्तिहरुको प्रवेश छ । ती व्यक्तिहरु नोट, भोट, चोट र सहकारीका लागि सहकारी भन्ने उद्देश्यले काम गरिरहेको उहाँको बुझाई छ ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरी संस्थाका लागि निक्कै चुनौतिको विषय रहेको बताउनुभयो । डेरी सफल नभएको भए कृषि लगायत अन्य क्षेत्रमा हात हाल्न समस्या हुने उहाँको बुझाई थियो । त्यसकारण पनि डेरीलाई सफल बनाउनुको विकल्प नभएको उहाँको भनाई छ ।

सोहि अवसरमा प्रमुख अतिथि खत्रीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले लेख्नुभएको संस्थाले प्रकाशन गरेको ‘एनएमसी डेरी सफलताको कथा” पुस्तक विमोचन गर्नुभयो । पुस्तकको समिक्षा नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य मोहन काजी र संस्थाका सञ्चालक समिति सदस्य कमल गुरागाईले गर्नुभएको थियो । मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

एनएमसीका वरिष्ठ उपाध्यक्ष एवम् एनएमसी डेरी व्यवसाय संयोजक नारायणप्रसाद कोइरालाको सभापतित्व तथा डेरीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । बजारमा बिव्रmेताको सङ्ख्या बढेको छ । हाल ५ सय बिव्रmेता रहेको झापा, मोरङ र सुनसरीको सबै मुख्य बजारमा एनएमसी डेरीको उपस्थिति रहेको प्रतिवेदनमा उल्लेख छ । हाल डेरी उद्योग करिब ५ हजार किसान परिवारसँग जोडिन पुगेको छ । उद्योगले दैनिक १५– १६ हजार लिटर दुध खपत गर्न थालेको छ ।

सुरुवाति दिनमा चिस्यान केन्द्र स्थापना गर्न र किसानलाई चिस्यान केन्द्र वा दुध सङ्कलन केन्द्रसम्म दुध आपैmँ लिएर जाने बानी लगाउन धेरै मिहिनेत गर्नुपरेको र हाल शरणामती, बौद्धमोड, नमुना कृषि फर्म र उद्योग परिसर भित्र गरि ४ ओटा उद्योगका आफ्नै दुध चिस्यान केन्द्रहरू सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । एनएमसी डेरी उपसमितिका सदस्य नारायण वस्नेतले स्वागत तथा सञ्चालन डेरीका प्रशासकीय प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु