रुकुम हत्याकाण्डको बिरोधमा धुलावारीमा सिट्ठी जुलुस

2020-06-25 मा प्रकाशित

मेचीनगर,११असार । रुकुममा भएको हत्याकाण्डको विरोधमा झापाको धुलावारीमा बिहीबार सिट्ठी जुलुस निकालिएको छ ।

धुलावारी चोकबाट सुरु भएको सिट्ठी जुलुस बजार परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो । बिरोध कार्यक्रममा बोल्दै लेखक अध्यापक उज्जवल प्रसाईंले नेपालमा दलित र गैर दलित वीचको विभेदकारी सोच अझै पनि ब्याप्त रहेको बताउँदै त्यसकिसिमका सोचको अन्त्य नभई समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिनेबताए ।

रुकुम हत्याकाण्डबाट पाठ सिक्दै न्याय पूर्ण समाजको निर्माण र कानुनी राज्यको महसुश गराउन रुकुमका दलित युवाहरुले ज्यानको बलिदान दिएरै भएपनि मौका दिएको प्रसाईंको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता मेचीनगर कार्यपालिका सदस्य एवं नेपाल राष्ट्रिय उत्पिडित बिद्यार्थी समाजका संयोजक टिकाराम मगरातीले पूर्वी किनाराबाट सुरु भएको आन्दोलन अधिकार प्राप्तीका लागि भएको भन्दै पिडितलाई न्याय दिलाएर मात्र अन्त्य हुने बताए ।

कार्यक्रममा नारायण कणरियाले मुक्ति समाज झापाकी सचिव हर्कमाया विक, मेचीनगर कार्यपालिका सदस्य कृष्ण कनाल लगायतले विरोध सभालाई सम्बोधनगरेका थिए । दतिल उत्थान समन्वय समिति मेचीनगर अध्यक्ष ध्रुव कनालको सभापतित्वमा सम्पन्न बिरोध सभाको सञ्चालन दलित उत्थान समन्वय समिति मेचीनगर सचिव राजकुमार बिश्वकर्माले गरेका थिए ।
। विरोध जुलुसमा दतिल, गैर दलित समुदायका सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु