तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुरले बुझायो नगर प्रमुख पोखरेललाई ज्ञापन

2022-06-15 मा प्रकाशित

रेवती घिमिरे

भद्रपुर १ असार । समय सापेक्ष तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुर नगर समिति झापाले भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।
शिक्षक महांसघ भद्रपुर अध्यक्ष गणेश गिरी , परिषद्ष भद्रपुर अध्यक्ष करकचन्द्र राजबंशी लगाएतका भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयमा कार्र्यरत कर्मचारी तथा सहायक कर्मचारीहरुले बुधवार नगरप्रमुख पोखरेलको कार्यकक्षमा गएर ज्ञापन पत्र बुझाएका हुन् ।
उपस्थित कर्मचारीहरुले आफूहरुलार्इ प्राप्त हुने मासिक १५ हजार तलब अत्यन्त कम भएको भन्दै प्रावि तह वा खरिदार सो सरहको तलब बृद्धि गर्न माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख पोखरेलले कर्मचारीका माग प्रति नगरपालिका अत्यन्त संवेदनशिल भएको बताउँदै नगरपालिकालाई मात्र प्राप्त बजेटले तलब बृद्धिमा कम हुने भएकोले संघिय सरकार र प्रादेशिक सरकारसंग समेत आफूले थप बजेट का लागि पहल गरिरहेको बताउनु भयो ।
उहाँले पहिलो चरणमा १० प्रतिशत सम्म र बांकी क्रमशः बढाउदै लगेर मागलाई पूर्ण रुपमा संबोधन गरिने बताउँदै आफूले माग सुनुवाई गर्न यस अगाडिबाटै सरोकारवाला निकायसंग बारम्बार छलफल गरिरहेको समेत बताउनु भयो ।
शिक्षक महासंंघ भद्रपुर अध्यक्ष गिरीले आफूहरुले कर्मचारीहरुको तलबबृद्धिको पटक पटक माग संबोधनकमा लागि पहल गरे पनि विगतको नगर प्रमुखले बेवास्था गरेको बताउनु भयो ।
सो अबसरमा बाल शिक्षिका भद्रपुर नगर संघर्ष समति अध्यक्ष तारा मैनालीले समेत आफूहरुको तलब २२ हजार मासिक पुर्याउन माग गर्दै ज्ञापन पत्र दिनु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु