जन्म दिनको अवसरमा राजन चिमरियाले गरे, सहिद परिवार र पत्रकारलाई सम्मान

2022-11-03 मा प्रकाशित

मेचीनगर, १६ कार्तिक । लोकप्रिय सामाजिक व्यक्तित्व राजन चिमरियाले राज्यले समेत उपेक्षा गर्दै आएका सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गरेर आज जन्मदिन मनाएका छन् ।

मेचीनगर–१२ निवासी चिमरिया ऋतिका डेरी उद्योगका सञ्चालक समेत हुन् । आज उनको ४९ औं जन्मदिन हो ।

यस अवसरमा उनले मेचीनगरका पत्रकारद्वय जीएन शर्मा र प्रकाश उप्रेतीसहित २२ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका हुन् ।

उनले सुखानीस्थित सहिद पार्कमा आज एक कार्यक्रम आयोजना गरेर सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई रुद्राक्षको माला र मायाको चिनोसहित सम्मान गरेका हुन् ।

पत्रकारद्वय शर्मा र उप्रेतीलाई नगद १५ हजार दिएका थिए ।

सम्मानित हुनेहरुमा सहिदहरु बीरेन राजबंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, राजन ढुंगानालगायतको परिवारका सदस्य थिए ।

सहिद, बेपत्ता परिवार र घाइतेलाई राज्यको कुनै पनि निकायबाट उचित राहत एवम् जीबिकोपार्जनको श्रोतको ब्यबस्थापन नभएको चिमरियाले सो अवसरमा बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु