मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन

2020-07-16 मा प्रकाशित

लक्ष्मी उप्रेती

काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर आयात हुने यी वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो ।
भन्सार अधिकारीहरका अनुसार भन्सार कार्यालय गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक राजस्व लक्ष्य गुमाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई गत आर्थिक वर्ष २०७६÷२०७७ का लागि १३ अर्व २४ करोेड १ लाख ९९ हजार रुपैयाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको थियो । तर त्यो वर्ष कार्यालयले ८ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६ सय १२ रुपैयाँ वा लक्ष्यको तुलनामा ६३ दशमलव १२ प्रतिशत मात्र रकम असुली गरेको भन्सार अधिकृत भरतराज अधिकारीले जानकारी दिनुभयो । जुन रकम लक्ष्यको तुलनामा ३६ दशमल ८८ प्रतिशतले कमि हो ।

राजस्वले लक्ष्य पुरा नगर्नुमा धेरै कारण भएपनि मुख्य कारण सवैभन्दा बढी राजस्व असुली हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउनु नै भएको ठहर भन्सार अधिकारीहरुको छ । यसैगरी नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण पनि राजस्व असुली प्रभावित बनेको कार्यालयका सूचना अधिकृत समेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । ‘राजस्व लक्ष्य पुरा नहुनुका धेरै कारण छन् ’ भन्सार अधिकृत अधिकारीले भन्नुभयो —‘कोभिड १९ तथा मुख्य वस्तुको आयातमा प्रतिवन्धले कार्यालयले लक्ष्य पुरा गर्न सकेन् ।’ सरकारको निर्णयसँगै प्रतिवन्धित वस्तुको आयात ठप्प भएपछि असुली दैनिक कम हुदै गएको थियो ।

भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको १ अर्ब १० करोड रुपैयाँ राजस्व प्र्रभावित बनेको कार्यालयको भनाई छ ।
चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेका भएपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्र्यालय काँकरभिट्टाले १ अर्ब १० करोड रुपैयाँ राजस्व गुमाउनु परेको भन्सार अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा मेची भन्सार कार्यालय काँकररभिट्टाको राजस्व असुली नराम्ररी प्रभावित भएको थियो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउन गरेलगत्तै पूर्वीनाका भएर अत्यावश्यक सामान ग्यास, बुलेट, तरकारी, फलफूल खाद्यन्नमात्र आउन थालेका थिए । ३१ दिनपछिदेखि मात्र यो नाका सञ्चालनमा आएको थियो । तर, भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधन नेपाल प्रवेश गरेपनि नेपालबाट निर्यात हुने सवै मालवस्तु ठप्प थिए । नेपालबाट भने कुनै पनि सवारी साधन भारत, बंगलादेशलगायत अन्य मुलुक गएका थिएनन् । यसले पनि राजस्व असुलीमा असर परिहरेको भन्सार अधिकारीहरुको भनाई छ ।

यो नाका हुर्दै खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरु लगायत बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् भने मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकाशी हुने गरेका छन् ।

सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउनका कारण काँकरभिट्टा नाका भएर हुने पेट्रोल र डिजेलको आयात ठप्प हुनु तथा नेपाल र बंगलादेशबीच हुने व्यापारको हालत पनि उस्तै भएकाले पनि रनज्स लक्ष्य अनुसार असुली गर्न नसकिएको उहाँको भनाई छ ।

लकडाउनयता पूर्वीनाका भएरे सवैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएपनि मुख्य राजस्व धान्ने हवाई इन्धन र ग्यास बाहेक अन्य पेट्रोलियम पदार्थको आयात शुन्य झै भएको भन्सार अधिकारीहरु बताउछन् । लकडाउन शुरुपछिको समयमा काँकरभिट्टा नाका भएर ७ लाख रुपैयाँ मुल्य बराबरका फलफूलसहित झण्डै अढाई करोड रुपैयाँ मुल्य बराबरका तरकारी र फलफूल आयात भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु