काठमाडौं,१ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने अडान मात्र दोहोर्याएन्, सकेको कदम चाल्न चुनौती दिएका छन् ।
भोलि शुक्रबारका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता छलफलमा जुटेका थिए । यसअघि एक्लै वा स्थायी कमिटीका नेतालाई लिएर वार्तामा बस्न गरेका प्रचण्ड बिहीबारको छलफलका लागि भने वरिष्ठ नेता माधवकुमार नेपाललाई लिएर बालुवाटार पुगेका थिए ।
छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
छलफलका क्रममा प्रचण्ड र नेपाल दुबैले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् । बालुवाटार जानु अघि खुमलाटारमा भएको सचिवालयका ६ नेताको छलफलमा पनि यही अडान कायम राख्ने सहमति भएको थियो ।
तर ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने बताए । आफूलाई सहयोग गर्नुपर्ने बेला राजीनामा मागेर अप्ठ्यारो पार्न खोजेको उनको गुनासो थियो । उनले मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षका रुपमा व्याख्या गरेर अगाडि बढ्न सकिने मत राख्दै आएका छन् ।
तर प्रचण्ड र नेपालले सरकार एकएपछि अर्को विवादमा फरेको र पार्टी नै अप्ठ्यारोमा पर्ने अवस्था आउन लागेको भन्दै प्रधाननमन्त्रीबाट राजीनामा दिन आग्रह गरे ।
जवाफमा ओलीले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चुनौती दिएका छन् ।
नेताहरुका अनुसार शीर्ष नेताहरुबीच सहमति हुन नसके पनि भोलि स्थायी कमिटीको बैठक बस्नेछ । ‘नेताहरुबीच सहमतिको प्रयास चल्दै गर्छ, स्थायी कमिटीको बैठक भने पूर्ववत एजेण्डाअनुसार बस्ने सहमति भएको छ’ एक नेताले भनेका छन् ।
अनलाइन खवरबाट
प्रतिकृया दिनुहोस्