काँकरभिट्टा ४२ वटा क्यामेराको निगरानीमा

2023-06-19 मा प्रकाशित

मेचीनगर । नेपालको पूर्वी सीमा नाकाको बजार काँकरभिट्टा ४२ ओटा सिसि क्यामेराको निगरानीमा रहेको छ । प्राविधिक रुपमा यो बजारलाई सुरक्षित बनाउन सिसि क्यामेराको जडान गरिएको मेची सामुदायीक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार सेवा केन्द्रमा नयाँ समिति आएको करिब एक महिनाकै अवधिमा ४२ ओटा सिसि क्यामेरालाई चलायमान गरिएको हो ।

यसअघि काँकरभिट्टा बजार र आसपासका क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको भएता पनि २६ ओटा क्यामेराले काम गरेका थिएनन् । नयाँ समितिको आगमनसँगै नेपाल र भारतको पूर्वी सीमा नाका काँकरभिट्टा बजार र आसपासका क्षेत्रलाई प्राविधिक रुपमा सुरक्षित बनाउनका लागि बिग्रीएका क्यामेराको मर्मत र आवाश्यकता अनुसार व्यवस्थापन गरिएको पौडेलको भनाई छ

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु