असार १५ बाट आमडाँगीमा भलिबल प्रतियोगिता

2023-06-22 मा प्रकाशित

मेचीनगर, असार ७ । आदर्श युवा क्लब मेचीनगर ४ को आयोजनामा यही १५ गतेदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

राष्ट्रिय खेल प्रति युवा जगतको आकर्षण बढाउँदै खेल क्षेत्रको विकासका निम्त्त क्लबले प्रथम आदर्श नकआउट भलिबल प्रतियोगिताको आयोजना गरेको हो । मेचीनगर ४ आमडाँगी स्थित पशुपति माविको खेल मैदानमा १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रथम तथा दोस्रो हुने टिमलाई नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकको भनाई छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता प्रक्रिया खुला रहेको र १३ गतेसम्म दर्ता गर्न सकिने आयोजक क्लबका अध्यक्ष मौसम भारतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु