सहकार्य नगरेको भन्दै मेचीनगर ५ लाई कांग्रेसको ध्यानाकर्षण

2023-06-22 मा प्रकाशित

मेचीनगर, असार ७ । मेचीनगर नगरपालिका वडा नं ५ को नतृत्वले विकास निर्माण तथा जनताका आधारभुत आवश्यक्ताका विषयमा सहकार्य नगरी एकलौटी अघि बढेको भन्दै नेपाली कांग्रेस वडा समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । राजनैतिक दल तथा सरोकारवालाहरुसँग सहकार्य नगरी वडा नेतृत्व अघि बढेको भन्दै मेचीनगरका उपसभापति योगेन थापामगरको नेतृत्वमा वडा कार्यालयमै पुगेर कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको हो ।

३५ बुँदामा वडाले गर्नुपर्ने कामहरु उल्लेख गर्दै भौतिक पूर्वाधारका विषयसगैँ, स्वास्थ्य, शिक्षा तथा विपन्न परिवारका क्षेत्रलाई समेट्दै प्राथमिकताका आधारमा काम गर्न कांग्रेसले सुझाव दिएको छ । ध्यानाकर्षण पत्र बुझाँउदै नेपाली कांग्रेस मेचीनगर ५ का सभापति नारायण खड्काले सबै राजनैतिक दलसँग सहकार्य गर्दै अघि बढ्न वडा नेतृत्वलाई सुझाव दिए । ‘गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै ल्याइएको स्वास्थ्य विमा कार्यक्रममा निष्पक्ष छनौट नभइ पार्टीगत प्रणाली हाबी भएको हाम्रो ठहर छ ।’ सभापति खड्काले भने ‘यसअलवा विकासका अन्य काम गर्ने क्रममा पनि नेतृत्व एकलौटी अघि बढेको छ, यस विषयमा जनप्रतिनिधिले सोच्नुपर्छ ।’

यसैगरी ध्यानाकर्षण पत्र बुझ्दै वडाध्यक्ष कनकबहादुर कार्कीले स्वच्छ सुझाव आएकाले उक्त सुझावलाई ग्रहण गर्दै कार्यन्वयन गरिने बताए । स्रोत र साधनले भ्याएसम्म सदैव जनताका मागलाई सम्बोधन गर्ने बताउँदै ध्यानाकर्षण पत्रमा प्राप्त सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यन्वयन गर्ने उनको भनाई थियो । ध्यानाकर्षण पत्र बुझाउने क्रममा कांग्रेस मेचीनगर उपसभापति थापामागरसँगै, सभापति खड्का, मेचीनगर ५ की पूर्वजनप्रतिनिधि दुर्गा देवकोटा, सचिव मणीकुमार आचार्य लगायतको उपस्थिती रहेको थियो भने मेचीनगर ५ का वडाध्यक्ष कार्की, सदस्यहरु पुष्प गेलाल, माया प्याकुरेल लगायतले ध्यानाकर्षण पत्र ग्रहण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु