एक अर्ब ५१ करोड बढी बजेट ल्याउँदै मेचीनगर

2023-06-25 मा प्रकाशित

मेचीनगर, १०असार  । कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमकतामा राखी झापाको मेचीनगर नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले दोस्रो नगर सभाको तेस्रो अधिवेशन मार्फत केहिबेर अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत भएसँगै पुन बजेट ल्याउने तयारी भइरहेको छ ।नगरपालिकाले आगामी आर्थिक बर्ष २०८० ८१ का लागि १ अर्ब ५१ करोड भन्दा बढी रकमको बजेट ल्याउने तयारी गरिरहेको छ ।

नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा किसान लक्षित कार्यक्रमहरु किसानलाई बर्गिकरण गरी परिचय पत्र वितरण गर्ने, सुपारी खेति प्रवद्र्धनका लागि विशेष कार्ययोजना बनाउने लगायतका धेरै विषय समेटिएको छ भने काँकरभिट्टामा अलपत्र परेको भ्यू टावर लगायतका बारेमा पनि आगामी कार्ययोजना लेखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै बजेट घोषणा हुने चरणमा छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु