सडक कब्जा गरेर भोजभतेर

2023-06-28 मा प्रकाशित

मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु नै यात्रा गर्छन् । तर, पछिल्लो समय यस्ता सडकहरु यात्रुका लागि मात्रै नभएर घरमा विवाह, भोज भतेर हुँदा पण्डाल टाँग्ने ठाउँका रुपमा प्रयोग हुन थालेको छ । आफ्नो घरमा हुने कार्जे आयोजनाका लागि अन्य कुनै खाली स्थानमा नभएर घर अगाडिको सडक नै कब्जा गरेर आयोजना गर्ने क्रम बढेको छ ।

यस्तै, एउटा घटना अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । मेचीनगरको धुलाबारीमा सडक नै अवरुद्ध हुने गरी पण्डाल टाँगिएको तस्वीर सामाजिक सञ्जालमा छाइरहेको हो । धुलाबारी क्षेत्रमा विवाह तथा भोजभतेर आयोजनाका लागि सार्वजनिक सभाहल नभएको पनि होइन । तर, सडक अवरुद्ध गरेर यस्ता कार्यक्रम आयोजना हुने क्रम रोकिएको छैन । धुलाबारीमा टाउन हल, राधास्वामी भवन, अतिथि निवास लगायतका संरचना भएपनि यसकै छेउछाउमा विवाह तथा भोजभतेर हुँदा ध्वनी प्रदुषण समेत हुने गरेको स्थानीयले बताएका छन् ।

अतिथि निवास छेउ निवासी स्थानीय मिलनराज प्रसाईंले विवाह कार्यक्रम आयोजना गरिँदा ठुलो आवाजमा निस्कने ९डिजे० को आवाजले ध्वनी प्रदुषण गरेको बताएका छन् । सामाजिक सञ्जालमा एक फोटो पोस्ट गर्दै उनले सार्वजनिक भवन हुँदाहुँदै बाटै अवरुद्ध गर्नेगरी कार्यक्रम गर्दा कस्तो समाजको विकास हुँदैछ रु भनेर प्रश्न गरेका छन् । यस विषयमा स्थानीय सरकार मेचीनगर मुखदर्शक बन्ने गरेको छ । स्थानीय सरकारले कडाई गर्न नसक्दा सडक कब्जा गरेर कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु