मेचीनगरमा शैक्षिक कोषको घोषणा

2023-06-29 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् ।

नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा ९भत्ता० मध्ये तीन महिनाको रकम करिब एक लाख बढी बार्षिक रूपमा कोषलाई दिने घोषणा गरेका छन् ।

शैक्षिक कोषलाई नागरिक स्तरबाट सञ्चालन गर्नेगरी नगर शैक्षिक कोषको अवधारणा ल्याइएको बताए । साथै यस अभियानमा सबै नागरिकले सहभागीता जनाउन सक्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु