हात्तीको आक्रमणमा परी मेचीनगरमा एक बृद्धाको मृत्यु

2023-07-03 मा प्रकाशित

मेचीनगर, १८ असार । जंगली हात्तीको आक्रमणमा परी धुलाबारीमा एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूजा गर्नका फूल खोज्ने क्रममा घरबाहिर निस्केकी साहलाई बिहान करिब ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, जंगली हात्तीकै आक्रमणबाट बुद्वशान्ति गाउँपालिका– ५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भइ उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको छ ।

साहलाई आक्रमण गरेपछि हात्ती आक्रामक भइ उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनााएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु