साहित्यकार खरेलको निधन

2023-07-03 मा प्रकाशित

मेचीनगर, १८ असार । मेचीनगर ६ निवासी साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अमेरीकामा रहँदै आएका खरेकोको आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । खरेल अमेरिका पुगेको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका थिए । पछिल्लो समय उनको भेन्टिलेटरमा राखेर अमेरिकाको अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका थुप्रै कृति प्रकाशित छन् ।

खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा थिइन् । उहाँकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु