मेचीनगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे

2023-07-05 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी  कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।

नगरपालिकाले प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो ।

नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालले नगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे गरिसकिएको बताए ।

उनले संघ र प्रदेशको सरसर्थ अनुदानबाट मेचीनगर(१० मा करिब २.५ किलोमिटर तथा वडा नं ६,७,र ८ को चार वटा स्थानमा करिब २.५ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरण रहेको बताए । त्यस्तै झापा मार्गमा १२ सय मिटर र पुस्प लाल मार्गमा १ किलोमिटर निर्माण कार्य पनि अन्तिम चरण रहेको बताए ।

नगरपालिकाले भौतिक पुर्वाधारसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदैं आइरहेको छ । त्यस्तै पर्यटन प्रवर्धन, खानेपानी, विजुली बत्तीलगायतका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु