![](https://mechiaawaj.com/wp-content/uploads/2020/08/kp.jpg)
झापा, २५ साउन । नेपालको अयोध्याधाममा श्रीरामको भब्य मन्दिर बन्न्ो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अयोध्याधामको मास्टर प्लान बनाउन माडी ९चितवन०का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
आफुलाई भेट्न आएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले शनिबार साँझ लामो कुराकानी गरेका थिए ।झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताएका थिए । ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको अयोध्यामा राम मन्दिरको शिलान्यास गरेको केही दिनपछि नै प्रधानमन्त्री ओलीले नेपालमा रामको मन्दिर बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले बताए ।
प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको ढकालले स्वीकार गरे ।
प्रतिकृया दिनुहोस्