गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक बिमोचन

2023-07-08 मा प्रकाशित

मेचीनगर । डा. शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक शनिवार बिमोचन भएको छ ।
मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् । पुस्तक बिमोचन पछि प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मरिच ‘कालो सुन’ हो यसको व्यवसायिक उत्पादनमा लाग्दा हरेका मानिसको जीवनमा आर्थिक समृद्धि छाउँछ, भण्डारीले भने,‘आज हाम्रा खेतबारी बाँझै छन् । अव व्यवसायिक रुपमा उत्पादनमा जोडिनुको विकल्प छैन ।
मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र ढुंगानाले पुस्तकको समिक्षा गर्दै पुस्तक बहुउपयोगि भएको बताए । मरिचको महत्व, यसका बिभिन्न जात, गोलमरिचको विरुवा उत्पादन र नर्सरी, मलको प्रयोग र व्यवस्थापन, मौसम तथा जलवायु लगायतका २४ विषयलाई समेटेर ८९ पृष्ठिमा सो पुस्तक  प्रकाशित गरिएको छ ।
पुस्तकका लेखक रिजालले गोलमरिच एउटा महत्वपूर्ण नगदेवाली भएकोले यसको व्यवसायिक उत्पादनमा लाग्न सुझव दिए । औषधिजन्य गुण भएको र खानाको बिभिन्न परिकारमा समेत प्रयोग हुने गोलमरिच बिश्विका बिभिन्न मुलुकमा निर्यात भइरहेको उनले बताए ।
कार्यक्रममा प्राज्ञ सदस्य सुभद्रा भट्राई लगायतले बोलेका थिए । कार्यक्रममा नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेम प्रकास फलाहारी, मेची उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गोपाल बस्नेत लगायतको आतिथ्यता रहेको थियो । कमल कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु