मेचीनगरका जयराम दाहालले गरे सगरमाथाको ८१०० मिटर आरोहण

2023-07-09 मा प्रकाशित

मेचीनगर, २४ असार । मेचीनगर–१५ ज्यामिरगढीका २६ वर्षीय जयराम दाहालले ८ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गरि फर्किएका छन् ।

चुचुरोमा पुग्न ७०० मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उनी फर्किन फर्किएका थिए ।

हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो अवधिदेखि कार्यरत दाहालले आज सगरमाथा आरोहणमा जाँदाको अनुभूति आज मेचीनगरका पत्रकारहरुलाई सुनाए ।

‘सगरमाथा चढ्ने मेरो सानैदेखिको धोको थियो,’ उनले भने ‘यसपटक हिउँले औला खाएका कारण चुचुरोको नजिकै पुगेर फर्किन बाध्य हुनुपर्यो । आउँदो साल चुचुरोमा पुगेरै आउँछु ।’

नेपालमा ८००० मिटर माथिका १४ वटा चुचुरो रहेको र ती सबैको आरोहण जीवनमरणको सवाल बन्ने उनल् बताए ।

यस अघि उनले सगरमाथा नजिकैको ६००० मिटर माथिको आइल्यान्ड चुचुरोको सफलतापूर्वक आरोहण गरेर प्रमाणपत्र पाइसकेका छन् ।

आरोहणमा १८ लाख रुपैयाँ निजी खर्च भएको र उक्त रकम विगतमा ट्रेकिङ गाइडको काम गर्दा आर्जेको रकम रहेको उनले बताए । हिमाल आरोहणमा परिवारका सदस्य र शुभचिन्तकहरुको हौसला र सपोर्ट रहेको र भविष्यमा विश्वका सात मुलुकमा रहेका उच्च हिमशिखरको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

आरोही दाहाल प्रेस क्लव मेचीनगरकी उपाध्यक्ष रीता दाहालकी भाइ हुन । उनलाई प्रेस क्लवले स्वागत तथा सम्मान समेत गरेको छ ।

प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु