सेफ्टी ट्यांकीमा डुबेर गम्भिर बनेका बालकको उपचारका क्रममा मृत्यु

2023-07-11 मा प्रकाशित

मेचीनगर,२६ असार । धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ ।

धुलाबारीस्थित पूर्व(पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर(१० का तान्छोक लिम्बुको उपचारका क्रममा भरखरै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल मावोहाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु