मेचीनगर नगरपालिका: लेखा अधिकृत चक्रपाणी खनालमाथि हातपात, कर्मचारी एशोसिएशनद्वारा कार्वाहिको माग

2023-07-13 मा प्रकाशित

मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाका कर अधिकृत चक्रपाणी खनालमाथि हातपात भएको छ ।

मेचीनगरका निर्माण व्यवसायी कल्याण खड्काले आज दिउँसो साढे ४ वजे नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् ।
खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाईदिएको भन्दै एक्कासी छातीमा समाएर ढेकालेको खनालले बताए ।

‘वडा नम्बर ५ को कार्यालयको काम सकेको एक महिना भयो’, एक हप्तादेखि चेकका लागि ताकेता गरे । १६ लाख भुक्तानी पाउन थियो । अझै चेक नबनाएका कारण आक्रोस आँउदा ढेकालेको हुँ ।’

यसैवीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई र कोशी प्रदेश समितिले साँझ एक विज्ञप्ती निकालेर कर्मचारीलाई हातपात गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाको तोकिएको काम, कर्तव्य र जिम्मेवारी निर्वाह गरिरहेको बेला गालीगलौच, अमानविय व्यवहार गर्ने क्रियाकलापबाट कर्मचारीबाट नियमित सेवा प्रवाह गर्न नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गालीगलौच र अमानविय व्यवहार गर्ने मेचीनगर(१० निवासी कल्याण खड्कामाथि कडा भन्दा कारवाही गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ । साथै कर्मचारीलाई काम गर्न सहज वातावरण बनाइदिन सम्पूणर् नगरवासी र जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तीमा एशोसिएशन इकाई अध्यक्ष रविनसन थापा र कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलको हस्ताक्षर रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु