डाउन टाउन युनिभर्सिटीले यस बर्ष १६ करोडको छात्रवृत्ति दिने

2023-07-14 मा प्रकाशित

बिर्तामोड । पछिल्लो समय बिदेश पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या बढ्दै गएको समयमा भारतको एक कलेजले २ सय बिद्यार्थीका लागि १६ करोड छात्रवृति उपलब्ध गराउने भएको छ ।

भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यस बर्ष नेपाली बिद्यार्थीका लागि १६ करोड रकमको छात्रवृति उपलब्ध गराउने भएको हो । नेपाली संस्कृतिसँग मेल खाने वाताबरण भएका कारण बिगत लामो समयदेखि सो कलेजमा नेपाली बिद्यार्थीहरुको आकर्षण बढी देखिन्छ ।

युनिभर्सिटीका नेपाल प्रतिनिधी शंकर भट्टराईले बिर्तामोडमा पत्रकार सम्मेलन गरी नेपाली बिद्यार्थीका लागि यो छात्रवृतिले पठन–पाठनमा सहज हुने बताएका छन् ।

नेपालबाट यस बर्ष २ सय बिद्यार्थी अध्ययनका लागि लैजाने योजना बनाएको सो युनिभर्सिटीले १६ करोड छात्रवृति प्रदान गर्ने भएको हो । गत बर्ष ८ करोड रकमको छात्रवृति उपलब्ध गराएको युनिभर्सिटीमा ७० जना बिद्यार्थी अध्ययनका लागि गएका थिए ।

युनिभर्सिटीमा नेपाल, भुटान, बंगलादेश, म्यानमार, अफ्रिकाका केही देश, ताइवान लगायतबाट बिद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् । नेपालबाट होटल म्यानेजमेन्ट, ब्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक शिक्षामा बिद्यार्थीको आकर्षण रहने गरेको छ ।

छात्रवृति उपलब्ध गराउने बिश्वबिद्यालयले अध्ययन अवधिभर अन्य शुल्क नलिने जनाएको छ । शतप्रतिशतदेखि ५० प्रतिशतसम्म छात्रबृति पाउँने पत्रकार सम्मेलनमा नेपाल प्रतिनिधी भट्टराईले बताए । उनले नेपाली बिद्यार्थीले आवास र खानाको मात्र पैसा ब्यवस्थापन गरे पुग्ने जानकारी दिए ।

बिश्वस्तरीय कलेज भएका कारण अन्तराष्ट्रिय बिद्यार्थीहरुको आकर्षण त्यस कलेजमा हुने गरेको छ । भारतमै रोजगार गर्न चाहने बिद्यार्थीलाई कलेजले समन्वय गरेर रोजगार उपलब्ध गराउने काम पनि गर्ने आएको भट्टराईले बताए । पुर्वी नेपालबाट नजिकै पर्ने सो कलेजमा हालसम्म १ हजारभन्दा बढी नेपाली बिद्यार्थी अध्ययनका लागि गएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु