एनएमसीको पदस्थापन तथा सपथग्रहण कार्यक्रम

2023-07-15 मा प्रकाशित

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को पदस्थापन तथा सपथग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार गरेका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, रामप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली सर्वसम्मत चयन भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल र सदस्यमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती चयन भएका छन् ।

निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेती संस्थाको नयाँ व्यवस्था अनुसार कार्य समितिको वरिष्ठ सदस्यको रुपमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु