![](https://mechiaawaj.com/wp-content/uploads/2023/08/cricket-1210x642-1.jpg)
काकडभिट्टा । झापा जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पुनः प्रविण थापा निर्वाचित भएका छन्,।
आज बुधबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा सम्पन्न साधारणसभाले निर्विरोध दोस्रो कार्यकालका लागि पुनः थापालाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै उक्त सम्मेलनबाट उपाध्यक्ष पदमा विरु श्रेष्ठ सचिवमा लाक्पा लामाले पनि कार्यकाल दोहोर्याएका छन्, भने १५ सदस्यीय जिल्ला समिति चयन भएको छ।
सम्मेलनबाट कोषाध्यक्षमा चोलानाथ दाहाल , सदस्यहरुमा क्रमशः कन्चन उप्रेती, हितेन श्रेष्ठ, विनित बास्तोला, जिवेश ओली, मनोज कटुवाल , तुलसी आचार्य, योगेन्द्र खड्का, अमित श्रेष्ठ,सुरेश गुरागाई, हिमाल पोर्तेल र नारद नेपाल चयन भएका छन्,। नवनिर्वाचित टिमलाई निर्वाचन मण्डलका सदस्य तथा कानुन व्यवसायी राम थापाले सपथ खुवाएका थिए।
संघले आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना कै दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई समेत सम्मान गरेको थियोे ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, संगीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योति दर्नाल र रोमा थापालाई सम्मान गरियो भने प्रशिक्षकहरु बिरु श्रेष्ठ र लाक्पा तामाङलाई समेत सम्मान गरिएको हो ।
प्रतिकृया दिनुहोस्