रोटरी क्लब अफ काँकरभिट्टाको निशुल्क आँखा जाँच शिविर, १८७ जनाले लिए सेवा

2023-08-12 मा प्रकाशित

बाहुनडाँगी, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाद्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर(४ को वडा कार्यालय परिषरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

काँकरभिट्टा आईकेयर सेन्टरको प्रावधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका प्रावधिक रोशन थापाले बताए ।

शिविरको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । रोटरी काँकरभिट्टाका पूर्व अध्यक्षसमेत रहेका प्रमुख अतिथि तामाङले रोटरीले सामाजमा विभिन्न क्षेत्रमा सक्रिय भएर काम गरिरहेको बताए ।

कार्यक्रममा मेचीनगर(४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले आँखा जाँच शिविर लगायतका स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न संघ(संस्थाहरुलाई आग्रह गरेका छन् ।

शिविरमा १८७ जनाको आँखाको जाँच हुँदा १८ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका प्रावधिक थापाले बताए ।

आँखामा मासु पलाएका ३ जना फेला परेका थिए । शिविरमा आएका ४५ जनालाई निःशुल्क चस्मा र १०६ जनालाई औषधि वितरण गरिएको काँकरभिट्टा आईकेयर सेन्टर प्रालिका लोकनाथ गौतमले जानकारी दिए ।

शिविरमा बाहुनडाँगी बजारलगायत आसपासका क्षेत्रका स्थानीयबासीहरु आँखाको जाँच गराएका थिए ।

शिविरमा प्राविधिक सहयोग काँकरभिट्टा आईकेयर सेन्टर, रोट्रयाक क्लब अफ काँकरभिट्टा र वडा कार्यालयको सहयोग रहेको थियो । काँकरभिट्टा आईकेयर सेन्टरका डाक्टर रोशन थापाको नेतृत्वको टोलीले शिविरमा आँखाका बिरामीहरुलाई सेवा प्रदान गरेका थिए ।

रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष कृष्ण पौडेलले र सञ्चालन सचिव भगिरथ राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु