आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

2023-08-16 मा प्रकाशित

मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ ।
स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ ।
बैंकवाट प्रवाह गरिने सेवाग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फवाट काकरभिट्टा शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद सुवदी र आदर्श माध्यमिक विद्यालयको तर्फवाट विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाका सहायक शाखा प्रवन्धक श्रद्धा साह साह, बैंकको कर्जा फाँंटका भानु भक्त ढुंगाना, विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
काकरभिट्टा शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद सुवदी र बैंकको कर्जा फांटको तर्फवाट भानु भक्त ढुंगानाले संयुक्त रुपमा सहजीकरण गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ. कृष्ण पुरी र बैंकको कर्जा फाँटका कर्मचारी भानुभक्त ढुंगानाले संयूक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु