रास्वपा सभापति लामिछाने झापा आउँने

2023-08-16 मा प्रकाशित

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए ।

पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । जनसभामा सभापति लामिछाने सहित महामन्त्री डा।मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रिय सदस्य तथा संघीय सांसद मनिस झा, नीशा डाँगी, रमेश प्रसाई लगायतले सम्बोधन गर्ने छन् ।

पार्टी सभापति सहित केन्द्रिय नेताहरुको उपस्थितीमा हुने जनसभाको कार्यक्रम तालिका अनुसार भदौ १ गते शुक्रवार दिउँसो ११ः३० बजे, सिटि सेन्टर, बिर्तामोड र दिउँसो २ः३० बजे, गोर्खा डिपार्टमेन्ट अगाडि दमकमा हुने रास्वपा मेचीनगर सभापती कमल गौतमले जानकारी दिए । उनका अनुसार भदौं २ गते शनिबार बिहान ९ः३० बजे, मेचीनगरको इटाभट्टा चोक, दिउँसो १२ः३० बजे कचनकवल, र साझ ५ः०० बजे जनता बजार, शिबशताक्षीमा हुने उनले बताए ।

लामिछाने सांसद निर्वाचित भएपछि पहिलोपटक झापा आउन लागेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु