सुन्दरको हत्या आफन्तबाटै भएको पुष्टि

2023-08-19 मा प्रकाशित

मेचीनगर । मेचीनगर वडा नं. ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या परिवारकै नाता पर्नेहरुबाट भएको अनुसन्धानबाट पत्ता लागेको छ ।

गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उहाँ घर नफर्किएपछि खोजी भएको थियो । शनिवार उहाँको लाश नजिकैको खेतको पैनीमा झाडीले छोपेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले उक्त हत्यामा नाताले दाजु पर्ने रामजी किसान र कुकरसिंह किसानको संलग्नता रहेको अनुसन्धानबाट पत्ता लगाएको हो ।

हाल दुबै अभियुक्त प्रहरी हिरासतमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले घटनाको अनुसन्धान प्रगति बारे आजै तथ्यहरु सार्वजनिक गरिने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु